ad ad

राजनीति


‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ दलकै विद्यार्थी सडकमा

‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ दलकै विद्यार्थी सडकमा

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ११:४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको हो।

 रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।

Image may contain: 14 people, people smiling, crowd and outdoor

र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए।

 कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए। उनीहरुल भारतले सारेको नयाँ नक्सा सच्याउन चेतावनी समेत दिए।

भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियुका नेता विजय गौतमले बताए।

यो हाम्रो आकस्मिक प्रदर्शन हो’, गौतमले नेपालखबरसँग भने, ‘सरकारलाई कूटनीतिक माध्यमबाट यो समस्याको हल खोज्नका लागि घच्घच्याउन प्रदर्शन गरेका हौँ।’

Image may contain: 13 people, crowd and outdoor

गौतमले भारतले आफ्नो गल्ती सच्याएर माफी नमागेसम्म आन्दोलन नरोकिने बताए। यसबारे बिहीबार नेकपाको युवा र विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी, लिपुलेकलगायतका भूमि समावेश गरिएको छ। त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।

Image may contain: 18 people, crowd and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .