ad ad

राजनीति


उम्मेदवारका आकांक्षीलाई नै प्रस्तावक र समर्थक राखेर पौडेलले गरे उम्मेदवारी दर्ता

उम्मेदवारका आकांक्षीलाई नै प्रस्तावक र समर्थक राखेर पौडेलले गरे उम्मेदवारी दर्ता

वाशुदेव मिश्र
कात्तिक २१, २०७६ बिहिबार ७:०,

नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसबाट उम्मेदावारका आकाक्षी रहेका शोभियतबहादुर अधिकारी देवराज चालिसेलाई पस्तावक र समर्थक बनाउँदै पौडेलले बिहीबार मध्यान्ह मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दार्तापछि पौडेले जनतालाई रिझाउन सक्ने उम्मेदवारलाई नै निर्वाचनमा जनताले विजयी बनाउने बताए। ‘जितको आधार भनेको जनता हो जनतालाई आकर्षित गर्ने हो भने जित सुनिश्चित हुन्छ’, उनले भने।

उनले सरकारले जनताको पक्षमा काम नगरेका कारण जनताले विकल्प खोजीरहेको भन्दै जनताले कांग्रेसलाई रोज्ने दावी गरे।

 ‘यो चुनावले सरकार ढल्दैन र कांग्रेस सरकार ढाल्न चाहेको पनि छैन’ उनले भने, ‘सरकारलाई सही दिशामा हिँडाउन यो निर्वाचन सफल हुन्छ।’

उनले कांग्रेस एक ढिक्का भएर चुनावमा जाने भएका कारण जित सुनिश्चित रहेको उनको दावी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .