नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनका क्रममा ८७ वटा पानी ट्यांकीमा भोट खसेको छ।
विभिन्न २९ वटा मतपत्रमार्फत ४७ सय ४३ मतदातामध्ये ४७ सय ७९ जनाले आफ्नो मत व्यक्त गरेका छन्।
सभापतिमा लागि मतदान गरिएका तीनवटा पानी ट्यांकी राष्ट्रिय सभागृहमै राखिएको छ
अन्य ८४ वटा मतपत्रसहितका पानी ट्यांकी कडा प्रहरी सुरक्षाबीच कांग्रेसको सानेपास्थित मुख्यालयमा लगिएको छ।
सभापतिका लागि खसेको मत राष्ट्रियसभा गृहमै गन्ने तयारी भएको छ। सभापतिको मत गन्दा पहिलो चरणमै पाँचमध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत ल्याए विजयी हुनेछन्।
तर त्यसो नभएमा भोलि मंगलबार फेरि सभापतिका शीर्ष दुई प्रतिस्पर्धीबीच मतदान गरेपछि अन्य पदाधिकारीको पनि मत गनिनेछ।
492
Shares
प्रतिक्रिया