नेपाली कांग्रेसको चाधौँ महाधिवेशन अन्तर्गत प्रदेश २ मा मतदान सम्पन्न भएको छ।
कुल १९५१ मतदाता रहेको प्रदेश २ मा १८८१ मत खसेको छ।
मतगणना आज राति ११ बजेदेखि सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। पहिला पदाधिकारी त्यसपछि सदस्यहरुको मतगणना हुने छ।
६७ पदका लागि आज मतदान भएको हो। ५ जना सदस्य निर्विरोध भइसकेका छन्।
धनुषा र महोत्तरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।
144
Shares
प्रतिक्रिया