नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा महामन्त्री पदको नतिजामा विवाद भएको छ।
महामन्त्री पदमा १३ मतले हारेका नरेश यादवले परिणामप्रति आपत्ति जनाउँदै उजुरी दिएका हुन्।
पहिले आफूलाई विजयी घोषणा गरेर पछि आफ्नो स्थानमा वृहस्पति कृष्ण श्रेष्ठलाई ल्याइएको यादवको दाबी छ। यसलाई सच्याउन माग गर्दै उनले कांग्रेसको प्रदेश निर्वाचन समितिमा उजुरी हालेका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार विजयी श्रेष्ठका पक्षमा ७८८ मत छ भने पराजित यादवले ७७५ पाएका छन्।
यादवका समर्थकले परिणामप्रति विरोध गरिरहँदा श्रेष्ठका समर्थक भने विजयोत्सव मनाइरहेका थिए।
यादवले उजुरीमा सुरुमा आफूलाई विजयी घोषणा गरिएको भिडिओसमेत आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्।
यो पनि : कांग्रेस प्रदेश २ अधिवेशन: निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी
Shares
प्रतिक्रिया