प्रदेशको नाम र राजधानी कायम भएको खुसियालीमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।
सोमबार प्रदेश सभा बैठकमा गरिएको मतदानबाट प्रदेश नम्बर २ को नाम मधेस र राजधानी जनकपुरधाम कामय गर्ने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गरेको हो।
लामो समयदेखिको प्रतीक्षा पूरा भएको हर्षमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले जानकारी दिए।
उनले मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमै मधेस प्रदेशमा आज खुसी मनाउन सार्वजनिक बिदा गरिएको बताए।
प्रदेश कायम भएको झन्डै ४ वर्षपछि प्रदेश सभा सोमबार नाम र स्थायी राजधानी तोक्न सफल भएको हो।
राजधानी तोक्ने विषयमा भएको मतदानमा सहभागी कूल ९९ प्रदेश सांसदमध्ये ७८ जनाले जनकपुरधामका पक्षमा मतदान गरेपछि प्रस्ताव पास भएको हो।
त्यस्तै प्रदेशको नाम मधेसका पक्षमा ८० जनाले मत खसालेपछि यसले पनि मान्यता पाएको हो।
Shares
प्रतिक्रिया