डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताको उग्र प्रदर्शनका कारण मधेश प्रदेशमा बुधबार भएको राष्ट्रियसभा निर्वाचनका क्रममा पटक पटक तनाव भएको छ।
जनमतका सयौँ कार्यकर्ताले लाठी र भाटासहित मतदानस्थल वरपरका क्षेत्रसहित जनकपुर नगरमा प्रदर्शन गरेपछि राष्ट्रियसभाका मतदातालाई प्रहरीले सुरक्षा दिएको हो।
जनमतका कार्यकर्ताले प्रदर्शनका क्रममा स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसदहरु सवारसहित आधा दर्जन गाडी तोडफोड गरेका छन्।
उग्र प्रदर्शनका कारण मतदाताहरूलाई जनकपुरधामस्थित मतदानस्थलमा लैजान प्रहरी तैनाथ गरिएको हो।
जनमतका कार्यकर्ताहरूको समूह मतदानस्थलमै प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो।
प्रदर्शनका क्रममा सर्लाहीको हरिवनका मेयर-उपमेयर सवार गाडी, प्रदेश सांसद अशोक यादव सवारी गाडी र जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सवार गाडी पनि तोडफोड गरिएको छ।
Shares
प्रतिक्रिया