लामो समयदेखि रिक्त मधेश प्रदेश सभा अन्तर्गतको तीनवटा विषयगत समितिको सभापति चयन भएको छ।
मंगलबार भएको निर्वाचनमा बहुमतीय प्रकृयाबाट सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव निर्वाचित भएका छन्।
सोमबार भएको मनोनयन दर्तामा प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन्।
39
Shares
प्रतिक्रिया