ad ad

राजनीति


आचार संहिता पालना गराउन कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

आचार संहिता पालना गराउन कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १३:१,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।

नेपाली कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भीर ध्यानाकर्षण गराएको हो।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका कांग्रेस नेता एवम् सो अनुगमन समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भईरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरेका थिए।

त्यसैगरी कांग्रेस अनुगमन समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास, निर्माणका योजनाहरु छनौट गर्ने गरेको दावी गर्दै त्यस्ता निर्वाचन आचारसंहिता विपरितका गतिविधि पनि तत्काल रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतका कोहीबाट पनि हुन नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको समितिका संयोजक एवम् कांग्रेस नेता लेखकले जानकारी दिए।

आगामी मंसीर १४ गते ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले सोही उपनिर्वाचन निर्वाचन हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरुले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गर्ने काम गरिरहेको दावी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .