ad ad

राजनीति


देउवा-पत्नी आरजुको क्षेत्र कैलालीमा संस्थापन समूहमै दुई चिरा, नेतृत्वका लागि त्रिपक्षीय चुनावी भिडन्त हुँदै

देउवा-पत्नी आरजुको क्षेत्र कैलालीमा संस्थापन समूहमै दुई चिरा, नेतृत्वका लागि त्रिपक्षीय चुनावी भिडन्त हुँदै

फाइल तस्बिर : कांग्रेस कैलाली सभापतिका लागि प्यानलसहित उम्मेदवारी दिएका बायाँबाट क्रमशः नारायणदत्त भट्ट, रामबहादुर कलेल र प्रकाश बम।


गोकुल जोशी
फागुन १५, २०७८ आइतबार ७:३८, महेन्द्रनगर

सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा जिल्ला अधिवेशनका कारण नेपाली कांग्रेसको संस्थापन (देउवा) समूह नै दुई समूहमा बाँडिएको छ। 

कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको हो। 

शनिबार संस्थापन पक्षका दुई र इतर समूहबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।

‘उम्मेदवारी दर्ता गर्ने कार्य सकिएको छ। निर्वाचन कति बेला गर्ने भनेर छलफल भइरहेको छ’, कांग्रेस कैलालीका नेता नृप सुनारले भने।

पटक–पटक स्थगन गरिएको कांग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत आज आइतबार निर्वाचन गर्ने तयारी छ। 

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाको निर्वाचन क्षेत्र पर्ने कैलालीको अधिवेशनलाई चासोका साथ हेरिएको छ।

संस्थापन पक्षबाट नेतृत्वका लागि नारायणदत्त भट्ट र प्रकाशबहादुर बमले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।  

भट्टलाई प्यानललाई कैलालीमा रहेका केन्द्रीय सदस्यहरू नृपबहादुर वड, सुशिला मिश्र भट्ट, डा.रणबहादुर रावल, जीवन राना, ईश्वरी न्यौपानेलगायतको साथ छ। 

भट्टको प्यानलबाट कैलाली जिल्ला उपसभापतिमा भीम बडुवाल, रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरी उठेका छन्।

संस्थापन पक्षकै प्रकाशबहादुर बमको प्यानललाई कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाह ‘मनु’को समर्थन छ। दुई कार्यकाल कांग्रेस सभापति बनेका महामन्त्री शाहको कांग्रेस कैलालीमा बलियो पकड रहेको मानिन्छ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्का उम्मेदवार छन्। 

यस्तै संस्थापन इतर (शेखर कोइराला) समूहबाट रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशी उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .