ad ad

राजनीति


एमसीसी तनावः कञ्चनपुरमा बन्दकर्ता र प्रहरीबीच झडप

एमसीसी तनावः कञ्चनपुरमा बन्दकर्ता र प्रहरीबीच झडप

फाइल तस्बिर : कञ्चनपुरको महेन्द्रनगर


गोकुल जोशी
फागुन १६, २०७८ सोमबार ८:३५, महेन्द्रनगर

सरकारले प्रतिनिधि सभाबाट अमेरिकी अनुदान सहायता सम्झाैता एमसीसी अनुमोदन गराएकाे विरोधमा आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच कञ्चनपुरमा झडप भएको छ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीले एमसीसी अनुमोदनको विरोधमा आन्दोलनमा उत्रिएकालाई लाठी प्रहार गरेको छ।

प्रहरीको लाठी प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन्।

विप्लव नेतृत्वको नेकपाको युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिश ऐरी प्रहरीको लाठी लागेर घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले बताए।

घाइते दिपेन्द्र ऐरी (चस्मा) र हरिश ऐरी।

उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको उनकाे आराेप छ। 

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई मोर्चाले एमसीसी पारितको विरोधमा सोमबार नेपाल बन्द घोषणा गरेका छन्।

याे पनिएमसीसी अनुमोदनको विरोधमा देशव्यापी बन्द घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .