नेपाली कांग्रेस लुम्बिनीको कोषाध्यक्षमा प्रकाश राना चयन भएका छन्। कांग्रेसको प्रदेश समितिको आज बसेको बैठकमा प्रदेश सभापति अमर पुनले रानालाई कोषाध्यक्ष बनाउने प्रस्ताव राखेका थिए।
सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो। राना कांग्रेसको गत १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए।
नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति समेत भइसकेका राना कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए।
कांग्रेसको प्रदेश समितिको बैठकले प्रशिक्षण विभाग प्रमुखमा उपसभापति भुवन श्रेष्ठलाई तोकेको छ।
यस्तै कांग्रेस लुम्बिनीले घर–घर जाऔं कांग्रेस जिताऊँ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसको लागि प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक जना प्रतिनिधि खटाउने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले नेपालखबरलाई बताए।
बैठकले स्थानिय निर्वाचनमा उमेदवार बन्ने आधार र मापदण्ड तयार गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया