सप्तरीमा शनिबार मध्यराति भीषण आगलागी भएको छ। अग्निसाइर कृष्णसावरण गाउँपालिका ४ टेङग्री टोलमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्।
स्थाानीय डम्बर यादवको फुसको घरअगाडि थुपारी राखेको रुखको पातमा अचानक सल्केको आगोबाट आगलागी भएको हो।
आगलागीले भीषण रुप लिँदा २३ परिवारको घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्थानीय डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुल्देव यादव, महेशकुमार यादव, ब्रिज नारायण यादव, महेशकुमार यादव, भोला यादव, सत्य नारायण यादव, अमरेन्द्रकुमार यादव, उपेन्द्र यादव र धिरज यादवको फुसको फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट २३ लाख ७५ हजार बराबरको धनमाल क्षति भएको छ।
मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए।
Shares
प्रतिक्रिया