ad ad

राजनीति


अतिक्रमित नेपाली भूमि गुञ्जीमा सय फिट उचाइको झण्डा राख्दै भारत

अतिक्रमित नेपाली भूमि गुञ्जीमा सय फिट उचाइको झण्डा राख्दै भारत

अतिक्रमित नेपाली भूमी गुञ्जी गाउँ


गोकुल जोशी
फागुन २९, २०७८ आइतबार १९:२२, काठमाडौँ

दार्चुलास्थित अतिक्रमित नेपाली भूभाग गुञ्जीमा भारतले आफ्नो देशको झण्डा राख्ने भएको छ।

भारतले कब्जा गरेको नेपाली भूमि गुञ्जीमा करिब ४५ लाखको लगानीमा भारतले एक सय फिट उचाइको झण्डा राख्ने भएको हो। भारतीय सञ्चार माध्यमका अनुसार केही दिनमै झण्डा राख्ने काम सुरु गरिने छ। 

‘झण्डा स्थापना गर्ने काम छिट्टै सुरु हुन्छ। यसका लागि तयारी पुरा भएको छ,’ भारतको पिथौरागढ जिल्ला प्रशासनका डीएम डा. आशीष चौहानलाई उदृत गर्दै अमर उजालाले लेखेको छ, ‘त्यहाँ हेलिकप्टरमार्फत सामान पठाइने छ।’

२०७७ साल जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। 

अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको दुई वर्ष पुग्नै लाग्दा पनि नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक पहल गरेको छैन। 

चुच्चे नक्सा जारी गर्न नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री ओली अहिले सरकार बाहिर छन्। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपा सहितको गठबन्धन सरकार छ।

यद्यपी भारतको कब्जामा रहेको भूमिमा नेपालले उपस्थिती देखाउन सकेको छैन। कालापानी, लिपुलेक, लिम्पियाधुरा नक्सामा मात्रै समेटिएका छन्। त्यस क्षेत्रका नाभी, कुटी र गुञ्जी गाउँमा भारतले विभिन्न किसिमको सेवा र सुविधा दिएको छ। 

ती तीन गाउँमा भारत सरकारले निशुल्क पेट्रोल, स्वास्थ्य, शिक्षा, सुविधा तथा रासन कार्ड र रोजगारको सुविधा उपलब्ध गराउँदै आएको छ। यसैगरी उक्त क्षेत्रमा पाँच वटा सैनिक ब्यारेक र हेलिप्याड निर्माण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .