चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका ३९ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निषेधाज्ञा तोडेर भित्र प्रवेश गर्न खोज्दा ३९ जना अभियन्ता पक्राउ परेका हुन्।
उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।
विगतमा प्रदेश सरकारसँग भएको सात बुँदे सम्झौता कार्यान्वयन र सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने लगायतका मागसहित प्रदर्शनमा उत्रिँदा आफूहरुलाई पक्राउ गरिएको अभियन्ता सरोज रायले बताए।
६ महिनाअघि अभियानका नेता कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेश सरकारले ७ बुँदे सम्झौता गरेको थियो। तर कार्यान्वयन भने नगरेको अभियानको आरोप छ।
मधेशमा रहेका सुकुम्बासी समस्या समाधानप्रति प्रदेश सरकार गम्भीर नरहेको उनीहरुको गुनासो छ।
Shares
प्रतिक्रिया