ad ad

राजनीति


नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर बनोस्ः बिजुक्छे

नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर बनोस्ः बिजुक्छे

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १५:२१,

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कुनै पनि हालतमा नेपाली भूभाग भारतलाई सुम्पन नदिन सबै गम्भीर भएर लाग्नुपर्ने बेला आएको बताएका छन्।

नेमकिपाले मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारको क्रममा आज चाँगुनारायण नगरपालिका–३ न्यौपाने गाउँ झौखेलमा आयोजना गरेको चुनावीसभामा उनले नेपाली भूमि फिर्ता गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

आगामी उपनिर्वाचनमा देशद्रोहीलाई परास्त गर्नुपर्छ भन्दै अध्यक्ष बिजुक्छेले नेपाललाई टुक्र्याउन भारतले विगतमा माओवादीलाई ‘ट्रोजनहर्स’को रूपमा तयार पारेकोसमेत आरोप लगाए। नेमकिपालाई दिएको मत कहिल्यै खेर जाँदैन भन्दै उहाँले प्रमुख प्रतिपक्षको भूमिका फितलो रहेका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको जिकिर गरे।

कार्यक्रममा नेमकिपा केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सुगौली सन्धिबाट नेपालको सीमा लिम्पियाधुरासम्म स्पष्टरूपमा कायम भएको बताउँदै देशको ९६१ ठाउँमा सीमा अतिक्रमण भएको बताए।

नेमकिपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद अनुराधा थापामगर, प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईं र सिर्जना सैंजूले झुटको पुलिन्दा बोकेर तथा आश्वासनका पोका बाँडेर चुनाव जित्ने सोच बनाइरहेकालाई मतदानबाट जनताले परास्त गर्नुपर्ने धारणा राखे।

नेमकिपाको तर्फबाट भक्तपुर प्रदेश १ ‘क’ का उम्मेदवार नीरज लवजूले निर्वाचनमा बाँड्ने झुटो आश्वासन र प्रलोभनमा भन्दा पनि वास्तविकता बुझेर जनताले मतदान गर्नुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .