ad ad

राजनीति


सीमा अतिक्रमणबारे कुटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

सीमा अतिक्रमणबारे कुटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १६:५,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले जारी गरेको नक्सा सच्याउन र सीमा अतिक्रमण रोक्न कुटनीतिक पहल भइरहेको बताएका छन्।

सगरमाथा संवाद सचिवालयको बिहीबार उद्‌घाटन गर्दै मन्त्री ज्ञवालीले भारतले नक्सा सार्वजनिक गरेदेखि नै नेपालले कुटनीतिक छलफल गरिरहेको बताएका हुन्। उनले भने ,‘कूटनीतिक छलफल भइरहेको छ। सरकारले गर्नुपर्ने कुरा गरिरहेको छ।’

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा भूभागलाई अतिक्रमण गरिएको नयाँ राजनीतिक नक्सा कात्तिक १७ मा निकालेको थियो। त्यस विषयमा नेपालले आपत्ति जनाइसकेको छ।

नेपाल–भारतबीच लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तामा भएको सीमा समस्या समाधान गर्न दुई मुलुक बीचको सचिवस्तरीय संयन्त्र बनाइएको छ।

नेपालले आफ्नो भूमि मिचिएकोमा दुई मुलुकबीच वार्ता गर्ने प्रयास गरे पनि हालसम्म दुई मुलुकबीचको सचिवस्तरीय संयन्त्रको वार्ता हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .