मधेश प्रदेश सरकारले आउने नयाँ वर्ष २०७९ का लागि ११ दिन सार्वजनिक बिदा तय गरेको छ। संघीय सरकारको अतिरिक्त भने २०७९ को वर्ष भरि ९ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
जसमा २०७८ का लागि प्रदेश सरकारले निर्धारण गरेको इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा र ईद उल फित्र) को सार्वजनिक बिदा यस वर्ष संघीय सरकारले पनि आफ्नो क्यालेण्डमा राखेको छ।
यसका अतिरिक्त नयाँ वर्ष २०७९ वैशाख १ गतेदेखिचैत मसान्तसम्म ९ वटा सार्वजनिक बिदा भने प्रदेश सरकारको छुट्टै रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले बताए।
मधेश सरकारको मन्त्रिपरिषदबाट विभिन्न अवसरमा वर्षमा ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन गरेको हो।
प्रकाशन गरेको विदाहरुमा नयाँ वर्षको अवसरमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ।
यस्तै, इस्लाम धर्मावलम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिको सार्वजनिक विदाको दिनको मिति किटान गरिएको छैन। सो दिन परेको खण्डमा विदा दिइने उल्लेख छ।
त्यस्तै छठ पर्वको भोलिपल्ट पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा प्रदेश सरकारले निर्धारण गरेको राजपत्रमा उल्लेख छ।
Shares
प्रतिक्रिया