अगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मिथिला नगरपालिकाबाट नेकपा एमालेले वर्तमान मेयर हरिनारायण महतोलाई पुनः मेयर पदको उम्मेदवार सिफारिस गरेको छ।
आइतबार बसेको मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्व सहमति रुपमा पुनः महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा मेयर महतो, रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले लगायत चारजनाले मेयर पदको उम्मेदवारका लागि दावी पेश गरेका थिए। पछि बैठकमा तीनैजनाले समर्थन गरी आफूलाई मेयर पदको उम्मेदवार बन्न सर्वसहमत निर्णय भएको मेयर महतोले बताए।
गत २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए। गत स्थानीय चुनावमा नेपाली कांग्रेस र र नेकपा माओवादी केन्द्रले तालमेल समेत गरेको थियो।
यद्यपी कांग्रेस पार्टीबाट राजाराम महतो बागी उम्मेदवार बन्दा र गठबन्धन भित्रको अन्तर्घातले गठबन्धन पराजित भएको थियो।
Shares
प्रतिक्रिया