यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज (सोमबार) उम्मेदवारी टिकट वितरण गर्दै छ।
आज पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारलाई टिकट दिन लागिएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।
उनका अनुसार पार्टीले तय गरेका मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय (जनकपुरधाम), प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने कार्यक्रम छ।
टिकट लिनुअघि नै आकंक्षीहरुले पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ।
उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नुपर्ने पार्टीले निर्णय गरेको नेता साहले बताए।
यस्तै वडाध्यक्षहरूको मनोनयन पत्र वितरण भने वैशाख ७ र ८ गते गरिने जनमत पार्टीले जनाएको छ।
जनमत पार्टीले उम्मेदवार बन्न ९ बुँदे मापदण्ड बनाएको छ।
हेर्नुहोस् :
१. जित्ने निश्चितप्रायः देखिने, व्यापक जनाधार र जनसमर्थन भएको, पार्टीको अनुशासन र कमान्डचेनमा रहने
२. नेतृत्व, संगठन विस्तार, आन्दोलनमा वा आर्थिक रूपमा योगदान
३. फुलटाइमर जस्तै काम गरिराखेको, हाल सक्रिय रहेको
४. लामो समयदेखि संगठनमा लागेको
५. उमेर परिपक्व भएको
६. अन्य कानुनी प्रावधान र मापदण्डहरू पूरा गरेको
८. उम्मेदवारले आफ्नो सम्पूर्ण आर्थिक भार आफैंले बेहोर्नुपर्ने भएकोले सोको लागि सक्षम भएको र आर्थिक जोहो गरेको
९. अन्य
Shares
प्रतिक्रिया