रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन्।
शनिबार आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले उनलाई आफ्नो पार्टीमा भित्र्याएका हुन्।
२०७४ सालको चुनावमा तत्कालीन राजपाबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका थिए।
पाँच वर्षअघि असारमा चुनाव हुँदा राजपाले भाग लिएको थिएन। मधेसवादी दल एक हुँदा उनी जनता समाजवादी पार्टीमा थिए। पार्टी विभाजित भएपछि पनि जसपामै थिए।
रुपन्देहीको दक्षिण भेगका पालिका जनप्रतिनिधिहरू चुनावको मुखमा दल अदलबदल गरिरहेका छन्।
150
Shares
प्रतिक्रिया