पाँच दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले तिलोत्तमाको मेयरमा छुट्टै उमेदवार उठाउने भएको छ।
एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटि बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो।
त्यस्तै उपमेयरमा सञ्जिव भणडारी निर्णय गरेको जिल्ला उपसचिव सरिता श्रीसले बताइन्। चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भने भण्डारी प्राध्यापन क्षेत्रमा छन्।
तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्र तालमेल गर्ने भएपछि एकीकृत समाजवादीले छुट्टै उमेदवार उठाएको हो।
87
Shares
प्रतिक्रिया