रुपन्देहीका ५ वटा पालिकामा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार उठाएको छ।
जिल्लाका १० वटा पालिकामा कांग्रेस र माओवादीले एक आपसमा तालमेल गरेर प्रमुख र उपप्रमुख बाँडफाँड गरेका छन्।
गठबन्धनकै सहमति अनुसार ओमसतिया गाउँपालिकामा माओवादी केन्द्रले विजय यादवलाई उम्मेदवार बनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा अल्ताव खाँले माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, गाउँपालिकाहरुमा कोटयीमइमा लालमन यादव, सम्मरीमाइमा जितेन्द्रनाथ शुक्ला, मायादेवीमा भोलु मिश्रा, गैडहवामा राजेन्द्र बरयीलाई माओवादीले उम्मेदवार बनाएको छ।
मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने सहमति अनुसार आफूहरुले पनि उम्मेदवारी दिएको माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष नारायण जिसी निर्मलले बताए।
यी पालिकामा जसपा र कांग्रेसबीच मैत्रिपूर्ण प्रतिस्पर्धा हुने सहमति भएको थियो। पछि माओवादीले पनि आफ्ना उम्मेदवार उठाएको हो।
प्रतिक्रिया