ad ad

राजनीति


प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख तर संक्रमणको जोखिम कायमै

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख तर संक्रमणको जोखिम कायमै

नेपालखबर
मंसिर ११, २०७६ बुधबार २:४२,

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार जारी छ।

उनको स्वास्थ्य सुधारोन्मुख रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार बिहान नेपालखबरलाई जानकारी दिए।

तर संक्रमणको जोखिम कायमै रहको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रधामन्त्री उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कलुर एन्ड ट्रान्प्लान्ट सेन्टरका चिकित्सका अनुसार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस पेटभित्रै फुटेका कारण संक्रमणको जोखिम भएको हो।

त्याे राेक्न एन्टिबायोटिक चलाइएको र त्यसले काम गरेको छ कि छैन भनेर ल्याब टेस्ट गर्न पठाइएको चिकित्सकले जानकारी दिएका छन्। त्यसको रिपोर्ट आउन बाँकी छ। रिपाेर्ट आएपछि प्रधानमन्त्रीकाे वास्तविक अवस्था थाहा हुने चिकत्सककाे भनाइ छ। 

चिकित्सकका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया सामान्य नै हो। तर प्रधानमन्त्री स्वास्थ्यको अन्य नियमित जटिलताका कारण समस्या आउने हो की भन्ने चिन्ता हो। 

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे मनमोहन अस्पताल पुर्‍याइएको थियो ।

विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो। 

शल्यक्रियापछि अस्पतालले मंगलबार दिउँसो र साँझ गरी दुई पटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको थियाे। 

शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्रीलाई अहिले त्यसबाट निकालिएको र पुन: आज बुलेटिन जारी गरी प्रधानमन्त्रीकाे पछिल्लाे अवस्था जानकारी गराइने अस्पतालले जनाएकाे छ। 

१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएकाे मिर्गाैलाले कम काम गरेपछि प्रधानमन्त्री ओलीको कात्तिकयता चारपटक डायलासिस भैसकेको छ। पछिल्लो डायलासिस शनिबार गरिएको हो।

त्यसअघि मिर्गाैलामा देखिएको एन्टिबडी घटाउन सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .