ad ad

राजनीति


प्रधानमन्त्री एक सातामा डिस्चार्ज हुने

प्रधानमन्त्री एक सातामा डिस्चार्ज हुने

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ५:३७,

प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चिकित्सकहरुले एक सातामा उनी डिस्चार्ज हुने जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको तीन दिनपछि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या नरहेको स्पष्ट पारे। उनको अवस्था खतरामुक्त रहेको पनि चिकित्सकहरुले जानकारी दिए।

‘उहाँलाई एक हप्तामा डिस्चार्ज गरिन्छ,’ प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘१० दिनमा उहाँ अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्नुहुनेछ।’

प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा कुनै हतारो नभएको बताइन्।

‘यो अप्रेसनले मिर्गौला प्रत्यारोपणमा कुनै असर गर्दैन,’ उनले भनिन्।

उनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्न सक्षम रहेको पनि स्पष्ट पारिन्। ‘प्रत्यारोपण नेपालमा पनि हुनसक्छ, बाहिर पनि हुनसक्छ। तर, हामी नेपालमै गर्न सक्षम छौँ। अहिलेसम्म १२ सय जनाको प्रत्यारोपण भइसक्यो। यहाँ पर्याप्त जनशक्ति, उपकरण र विशेषज्ञता छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .