ad ad

राजनीति


कृष्णपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसका हेमराज दोस्रो प्रयासमा मेयर

कृष्णपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसका  हेमराज दोस्रो प्रयासमा मेयर

फाइल फोटो


गोकुल जोशी
जेठ ८, २०७९ आइतबार १३:२६, कन्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालले विरासत गुमाएको छ।

 यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले कृष्णपुरमा ०७४ को आफ्नो विरासत जोगाउन असफल भएको हो।

कृष्णपुर नगरपालिकाका ९ वडामध्ये एमालेले १ वडामा मात्रै जित निकाल्न सकेको छ। 

जबकी ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालले कृष्णपुरको मेयर, उपमेयर सहित ३ वडा जितेको थियो। 

यसपटक एमालेले कृष्णपुरमा मेयर, उपमेयर सहित २ वडा गुमाएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले नगरमा आफ्नो वर्चश्व बढाएका छन्।

०७४ सालको स्थानीय तह निर्वाचनमा ३ वडामा मात्रै सीमीत रहेको माओवादीले यसपटक एउटा बढी थपेको छ। माओवादीले यसपटक ४ वडामा बाजी मारेको छ।

यस्तै, ०७४ सालमा ३ वडामा मात्रै सीमीत कांग्रेसले कृष्णपुरमा मेयर, उपमेयर सहित ४ वडामा जित हासिल गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मत सहित विजयी भएका छन्।

उनी दोस्रो प्रयासमा कृष्णपुरको नगर प्रमुखमा विजयी भएका हुन। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसंग पराजित भएका थिए। 

ओझाका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याए। 

यस्तै, नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ६ हजार ६७४ र नेकपा एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलमे ६७५ मत मात्रै ल्याउन सके।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै द्रोपती रानाले विजयी भएकी छन्। उनले ९ हजार ६७५ मत ल्याइन्।

रानाकी निकटतम् प्रतिस्पर्धी एमालेकी निवर्तमान उपमेयर रमिता रानाले ७ हजार ३१६ मत ल्याइन्। उपमेयरमा माओवादीकी गीता मल्लले ६ हजार ८५१ मत प्राप्त गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .