जनकपुरधाम उपमहानगरमा स्वतन्त्रबाट निर्वाचित मेयरमा मनोज साह नेपाली कांग्रेसको ब्यानरमा निकालिएको विजय जुलुसमा सरिक भएका छन्।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका साह बुधबार जनकपुरधाममा कांग्रेसले निकालेको अभार तथा धन्यवाद जुलुसमा सहभागी भएका हुन्।
कांग्रेसबाट नवनिर्वाचित उपमेयर किशोरी साहको लागि निकालिएको सो जुलुसमा मेयर मनोज साह पनि सँगै थिए।
मनोज साह ‘घण्टाघर’ चिन्ह लिएर चुनाव लडेका थिए।
मिल्स एरियामा मतदातालाई सम्बोधन गर्दै उनले मत दिने सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्दै ‘नेपाली कांग्रेस जिन्दावाद’ को नारा समेत लगाएका छन्।
पाँचदलीय गठबन्धनमा जनकपुरधाममा जसपाको भागमा मेयरको उम्मेदवार परेपछि मनोज साह कांग्रेस नगर अध्यक्षसहित साधारण सदस्य समेतबाट राजीनामा गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
उनी नेकपा एमालेका मेयर पदका उम्मेदवार शिव शंकर साह हिरालाई पराजित गर्दै विजयी भएका हुन्। गठबन्धनबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहलाई चौथो नम्बरमा पार्दै मनोज विजयी भएका थिए।
Shares
प्रतिक्रिया