ad ad

राजनीति


कालापानी प्रकरणमा गम्भीरता देखिएनः कांग्रेस

कालापानी प्रकरणमा गम्भीरता देखिएनः कांग्रेस

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १५:१७,

नेपाली कांग्रेसले सीमा अतिक्रमणप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ।

नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको नदेखिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको उल्लेख गरे। उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानसमेत गरे।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता शर्माले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लंघन भइरहेको आरोप पनि लगाए।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्नसक्ने राज्य नियन्त्रित त्यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह गरे।

आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, कयौँ स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरिएको, कांग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले भौतिक आक्रमण गरेको कांग्रेसको आरोप छ।

यस्तै, त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको बताए। त्रिचन्द्रमा गुरुमाथि आक्रमण गर्ने समूहले नै नेपाल कमर्श क्याम्पस, मिनभवनमा नेपाल विद्यार्थी सङ्घका सदस्यमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएको बताउँदै उनले घटनाका दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .