ad ad

समाज


मलद्वारमा कण्डमले बेरेकाे सुनसहित चिनियाँ पुरुष पक्राउ

मलद्वारमा कण्डमले बेरेकाे सुनसहित चिनियाँ पुरुष पक्राउ

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १५:४२,

त्रिभुवन विमानस्थलमा एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। तिब्बतबाट चाईना वेस्ट एयरमा आएका यात्रु स लुतइकाे साथबाट कण्डमले बेरेर मलद्वारमा राखेर एक किलाे सुनका चार टुक्रा बरामद भएकाे हाे।

लुतइले विमानस्थलमा असहज महसुस गरेपछि प्रहरीले काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पतालमा एक्सरे गराउँदा केही वस्तु देखिएकाे थियाे। उनलाई चिकित्सकले औषधि खुवाएर शाैच गराउँदा सुनका टुक्रा फेला परेकाे प्रहरीले जनाएकाे छ।

लुतइ विमानस्थल भन्सारकाे वाक थ्रु गेटमा प्रवेश गर्ना साथै साईरन बजेकाे थियाे। भन्सारले उनीसँग भएका सबै धातु निकाले पनि साईरन बज्न नछाडे पछि अस्पताल लगिएकाे थियाे।

1

प्रहरीले लुतइलाई थप अनुसन्धानका लागि हिरासतमा लिएकाे छ। उनलाई वृत्त गाैशालामा राखिएकाे छ।

 बिहीबार मध्यरातमा पनि विमानस्थलबाट कट्टुमा लुकाएर ल्याएकाे ८ किलाे सुन बरामद भएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .