ad ad

राजनीति


छिटफुट घटनाबाहेक उपनिर्वाचन शान्तिपूर्ण, २ बजेसम्म ५५ प्रतिशत मतदानः निर्वाचन आयोग

छिटफुट घटनाबाहेक उपनिर्वाचन शान्तिपूर्ण, २ बजेसम्म ५५ प्रतिशत मतदानः निर्वाचन आयोग

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ९:३०,

निर्वाचन आयोगले आज (शनिबार) जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको जानकारी दिएको छ।

कास्की २ मा प्रतिनिसभा र भक्तपुर, दाङ, बाग्लुङमा प्रदेशसभा गरी देशभर ३७ जिल्लाका ५२ पदका लागि भएको उपनिर्वाचनमा अहिले मतदान जारी छ।

धरान उपमहानगरपालिकाको मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान भैरहेको छ। विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ।

कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन्। अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ।

मतदानलाई लक्षित गरी कास्कीका ४ स्थानमा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ भन्ने देशका विभिनन स्थानमा बम भेटिनका साथै विस्फोट गराइएको छ। विस्फोटबाट अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले छिटफुट घटनाबाहेक अहिलेसम्म निर्वाचन शान्तिपूर्ण रुपमै अगाडि बढेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .