प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई लुम्बिनी सरकारले प्रदेश गौरवको आयोजनाको घोषणा गरेको छ।
नीति कार्यक्रममार्फत प्रदेश सरकारले स्थायी राजधानी तोकिएको स्थान राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको हो।
प्रदेश सभामा अहिले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको नीति कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ।
‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरि गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने छ', नीति कार्यक्रम बाचन गर्दै प्रदेश प्रमुख शेरचनले भने राजधानी व्यवस्थापनको लागि संघिय सरकार र स्थानिय तहसँग निरन्तर समन्वय गरिने छ।'
प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि बताइएको छ। राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ।
यस्तै हाल प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ।
प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरि कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले बताए।
नौमुरे बहुउद्देश्यीय जलाशय युक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको कार्यक्रममा उल्लेख छ।
Shares
प्रतिक्रिया