मधेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ।
गत आइतबार प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम आज (बुधबार) बैठकबाट सर्वसम्मतिले पारित भएको हो।
प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए।
तीन दिनदेखि सदनमा छलफल भएको थियो। प्रदेश सभा सदस्यहरूले छलफलको क्रममा नीति तथा कार्यक्रमको कमीकमजोरी औँल्याउँदै सरकारसँग जवाफ माग गरेका थिए।
प्रतिपक्षी दल नेकपा एमाले तथा लोसपाका प्रदेश सांसदहरुले संशोधन प्रस्ताव समेत दर्ता गराए थिए।
बुधबार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।
उनले नीति तथा कार्यक्रममा भएका कमी कमजोरीहरूलाई बजेटमा समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएपछि प्रतिपक्षी दलका सांसदहरूले संशोधन प्रस्ताव फिर्ता लिएका छन्।
त्यसपछि नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो।
प्रदेश सभाको अर्को बैठक जेठ २७ गते बस्ने गरि स्थगित भएको छ।
Shares
प्रतिक्रिया