कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उपनिर्वाचनमा पराजय भएको स्वीकार गर्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन्।
तीन वटा वडाको परिणाम सार्वजनिक हुनुअघि नै आफ्नो ट्विटरबाट पौडेलले भट्टराईलाई बधाई दिएका हुन्। उनले लेखेका छन्: 'सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ' उनले लेखेका छन् - 'विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।'
सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन।
म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।
विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।
प्रतिक्रिया