राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा गणतन्त्र जोगाउने चुनौती थपिएको बताएका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिस्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नेपाललाई पुनः हिन्दु राज्य बनाउन जोड भइरहेको बताए।
‘नेपालमा हिन्दु राज्य बनाउने जोड भयो’ केसीले भने, ‘पाँच दलमा पनि मनमुटाव छ । त्यसकारण गणतन्त्र जोगाउनुपर्ने चुनौती छ।’
केसीले देशको सार्वभौमसत्ता संकटमा परेको चर्चा गरे। उनले आफूलाई कम्युनिष्ट भन्नेहरुबाटै गैरकम्युनिष्ट काम भएको बताए।
‘कम्युनिष्टको खोल ओडेर गैरकम्युनिष्ट काम भयो। बिचमा कम्युनिष्ट मिलेको होइन?’ उनले प्रश्न गर्दै भने, ‘तर पचेन। धान्न सकेनौ। गणतन्त्र सिध्याउन भूमिका खेल्ने कम्युनिष्ट एकता किन चाहियो?’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
Shares
प्रतिक्रिया