नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ असार २७ गते (सोमबार) बस्ने भएको छ।
सो दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गर्ने एजेण्डा रहेको पौडेलले बताए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि सूचित गरिएको छ।
69
Shares
प्रतिक्रिया