मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन विषयमा सातवटै प्रदेशका आन्तरिक तथा गृह मन्त्रालयस्तरीय छलफल हुने भएको छ।
मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा बिहीबार शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया हुने भएको हो।
छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव र प्रदेशका मुख्य न्यायाधिवक्ता सहभागी हुने मधेश प्रदेश सरकारको गृह मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।
छलफलबाट साझा प्रतिबद्धतापत्र समेत जारी गर्ने जनाइएको छ।
छलफलमा सहभागी हुन आज (बुधबार) नै अन्य ६ प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता जनकपुर आउने भएका छन्।
231
Shares
प्रतिक्रिया