नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई जारी केन्द्रीय कमिटी बैठकले पास गरेको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रतिवेदन सुझावसहित पास गरेको हो।
उनले असार १९ को बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमाथि सहभागीहरुको सुझाव आएको थियो।
प्रचण्डको प्रतिवेदन पास भएसँगै बैठकका सहभागीहरु आधा घन्टा खाजा खाएर जुट्ने भएका छन्।
132
Shares
प्रतिक्रिया