ad ad

राजनीति


बालेन्द्रको तलब ४७ हजार, कहिले बन्छ यमबुद्धको सालिक?

बालेन्द्रको तलब ४७ हजार, कहिले बन्छ यमबुद्धको सालिक?

नेपालखबर
असार २५, २०७९ शनिबार १६:५८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले र्यापर स्व. अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन बजेट विनियोजन गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।

चर्को आलोचना हुन थालेपछि काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका छन्।

आलोचना खेप्न नसकेका मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेपनि महानगरले भने औपचारिक रुपमा केही बोलेको छैन।

यसैबीच शनिबार बिहान यमबुद्धका अभिभावकसँग भेटेर बालेन्द्रले सोही कुरा बताएका छन्। 'मेयर आउनुभएको थियो। उहाँले आफ्नै तलबबाट भए पनि सालिक बनाउँछु भन्नुभएको छ' यमबुद्धका अभिभावले भने।

बालेन्द्रको यो घोषणासँगै अब कति महिनाको तलब खर्च गर्दा यमबुद्धको सालिक बनाउन पुग्ने रकम जम्मा हुन्छ? भन्ने बहस सुरु भएको छ।

यमबुद्धका बुबा अम्बिकाप्रसाद अधिकारी र आमा उर्मिला अधिकारीसँग बालेन्द्र शाह

नेपालको संविधानअनुसार महानगर प्रमुखको तलब कति?

नेपालको संविधानको धारा २२७ अनुसार स्थानीय तहका जनप्रतिनिधिको तलब र सेवा सुविधा तोक्ने जिम्मा सम्बन्धित प्रदेशहरुको मातहतमा हुने उल्लेख छ। 

बागमती प्रदेश सरकारले पनि ऐन नै बनाएर स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी पहिलो संशोधन जारी गरेको छ। 

‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी पहिलो संशोधन) ऐन, २०७६’ मा उल्लेख भए अनुसार महानगरका प्रमुखले ४७ हजार तलब पाउनेछन्। 

यसका अलवा विदेश भ्रमणका क्रममा १२५ अमेरिकी डलर रकम पाउने पनि ऐनमा उल्लेख छ। त्यस्तै, मासिक १५० लिटर डिजेल/पेट्रोल र ५ लिटर मोबिल उपलब्ध गराउने ऐनमा उल्लेख छ।

 

बालेन्द्रको तलबले सालिक बन्न कति समय लाग्छ?

बालेन्द्रले शनिबारमात्रै आफ्नो तलबबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन्।

प्रदेश ऐनमा व्यवस्था भए अनुसार महानगरपालिकाका मेयरको तलब ४७ हजार व्यवस्था छ। अहिले काठमाडौं महानगरपालिकाले सालिक निर्माणका लागि १५ लाख रकम विनियोजन गरेको छ। 

सो रकम तीन वर्षमा १६ लाख ९२ हजार रकम हुन आउँछ। बालेन्द्रले झण्डै ३ वर्षको तलब रकम खर्च गर्दा यमबुद्धको सालिक बनाउन  विनियोजित रकम पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .