ad ad

राजनीति


कार्यकर्तामाथि खनिए ओली : ३९ जनाको वडा कमिटी छ, २४ भोटमात्रै कसरी आयो?

कार्यकर्तामाथि खनिए ओली : ३९ जनाको वडा कमिटी छ, २४ भोटमात्रै कसरी आयो?

एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षणका क्रममा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन ४, २०७९ बुधबार १३:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीभित्रैको अन्तर्घातले हार्नुपरेको बताएका छन्।

एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले भन्दा एमालेकै कारण दोस्रो दल हुनुपरेको बताएका छन्। 

उनले एमाले कार्यकर्ताहरूमाथि आक्रोश पोख्दै कमिटीमा बसेकाहरुले समेत पार्टीलाई भोट नदिएको बताएका छन्। 

'हाम्रो वडा कमिटी ३९ जनाको छ तर भोट चाहिँ २४ मात्रै आयो?', उनले स्थानीय तह निर्वाचन परिणामतिर लक्षित गर्दै भने, 'यो भन्दा घटिया केही हुन्छ? वडा कमिटीमा ३९ जना बसेर २४ जनाले मात्रै भोट हाल्ने? म पार्टीलाई भोट हाल्न सक्दिनँ भन्नेहरुले राजीनामा दिए हुन्छ।'

उनले बागमती प्रदेशको प्रशिक्षणमा पनि त्यस्ता कार्यकर्ता आएको हुन सक्ने बताए। 'पार्टीको वडा कमिटीमा मात्रै ३९ जनाको छ। तर भोट आधी पनि आएन। त्यसो गर्नेहरु पनि यहाँ आउनु भएको होला। यस्तो पार्टीले गरिखाँदैन, यसरी पार्टी चल्दैन', उनले भने, 'मति राम्रो भएन भने खतरनाक हुन्छ। एमालेको कमिटीमा बसेर अरुलाई भोट हाल्ने हुँदैन। आफ्नै पार्टीविरुद्ध प्रचार र क्रियाकलाप गर्ने? तपाईंहरुलाई त्यस्तो नलाग्ला तर परिणामले सबैका कान-कानमा भनेको छ।'

उनले आक्रोश व्यक्त गर्दै निर्वाचनमा 'टिकट पाए जित्छु टिकट नपाए जिताउँछु' भनेकाहरूले नै अन्तरघात गरेको बताए। 

निर्वाचनअगाडि 'टिकट पाए जित्छु टिकट नपाए जिताउँछु', भन्थे', ‌ओलीले भने, 'तर टिकट पाए जित्छु तर नपाए जिताउँछु भन्नेहरु हराउँछु भनेर पार्टीविरुद्ध लागे।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .