अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि बिहीबार साँझ नेपाल आइपुग्ने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लु उच्च राजनीतिक भेटघाटका लागि आउन लागेका हुन्।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहेका लु ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय सरकारले गरेको एक महिना एक सातापछि अमेरिकी उच्च अधिकारी आउन लागेका हुन्।
सरकारले एसपीपी अघि नबढाउने निर्णय गरे पनि अहिलेसम्म त्यसबारेमा अमेरिकालाई पत्राचार गरिसकेको छैन।
एमसीसी र एसपीपीलाई लिएर दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच नेपाल मामिलामा दोहोरी चलिरहेको छ।
दुई साताअघि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले चार दिन लामो भ्रमण गरेर फर्किएका थिए।
नेपालमा बढ्दो अमेरिकी चासो र उपस्थितिलाई लिएर चनाखो बनेको चीनले सीसीपीका विदेश विभाग प्रमुखलाई नेपाल पठाएको थियो।
Shares
प्रतिक्रिया