ad ad

राजनीति


अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १५:२१, काठमाडौँ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु्ले नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

शुक्रबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर लुले खड्कासँग संवाद गरेका हुन्।

बिहीबार दुई दिने नेपाल भ्रमणका लागि लुले शुक्रबारै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यतालिका रहेको छ। 

सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको निर्णयपछि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।

दुईजनाबीचको भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धनका अनेक आयामबारे कुराभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

'दुई पक्षबीच हाम्रो सम्बन्धनका अनेक पक्षमा कुरा भएको छ। भेटमा विकास साझेदारी, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ को खोपबारे पनि चर्चा भयो', मन्त्रालयले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .