जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका छन्।
पाँच दिने भ्रमणका लागि गत २१ साउनमा त्यसतर्फ लागेका प्रचण्डले मंगलबार जापानको प्रतिनिधिसभा सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति समेत रहेका निक्कइसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
‘भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, स्थानीय सहर–नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने,’ प्रचण्ड सचिवालयले भनेको छ, ‘नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधारका क्षेत्रमा जापान सरकारबाट हुदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।’
Shares
प्रतिक्रिया