ad ad

राजनीति


उत्तर कोरियासँगको सम्बन्ध जनस्तरमा लैजाऊँ : अध्यक्ष तिमल्सिना

उत्तर कोरियासँगको सम्बन्ध जनस्तरमा लैजाऊँ : अध्यक्ष तिमल्सिना

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०७९ सोमबार १९:८, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्ध गर्नुपर्नेमा जोड दिएका छन्। 

नेपाल–कोरिया मैत्री सङ्घ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा सोमबार गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

तिमल्सिनाले कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पुर्‍याउन खाँचो रहेको औँल्याए।

नेकपा (माले) का महासचिव सीपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे। 

सांसद नवीना लामाले नेपालको दिगो विकासका लागि वामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेको बताए। 

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवाशक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने बताए। 

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्त, वामपन्थी नेताहरु हस्तबहादुर केसी र दावा तामाङले उत्तर कोरिया र दक्षिण कोरियाको जनताको फेरि एक हुने चाहना पूरा हुनुपर्ने शुभेच्छा देखाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .