राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएपछि प्रतिनिधि सभाले पुनः पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पुनः पारित गराउन आज प्रक्रिया प्रारम्भ गरिँदै छ।
आज दिउँसो १ः०१ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने भएका हुन्।
यसैगरी आजको बैठकमा उनले नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश पनि सुनाउने कार्यसूची छ। यसपछि नागरिकता विधेयक छलफलमा जान्छ र पारित प्रक्रिया अघि बढ्छ।
राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिकहाँ पठाइन्छ।
याे पनि : नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ?
आजका सम्भावित अन्य कार्यक्रम तलकाे सूचनामा :
याे पनि : नागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड
Shares
प्रतिक्रिया