ad ad

राजनीति


कमल थापालाई न गाई न तिर, सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

कमल थापालाई न गाई न तिर, सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

नेपालखबर
भदौ १२, २०७९ आइतबार १८:४७, काठमाडौँ

सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीर चुनाव चिह्न दिने निर्णय पनि तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको छ।

सर्वोच्चले गत असार २७ गते थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई तिर चुनाव चिह्न दिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

आफू नेतृत्वको पार्टीलाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध अध्यक्ष थापा सर्वोच्चमा गएका थिए। यस्तोमा गत असार ३१ गते सर्वोच्चले उक्त निर्णय पनि कार्यान्वयन नगर्न आयोगलाई भनेको थियो।

तिर चुनाव चिह्नलाई पनि लिएर आइतवार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको रिट निवेदनमाथि सुनुवाइ गर्दै गाई चिह्नको टुंगो नलागेसम्म तिर दिने निर्णय पनि कार्यान्वयन नगर्न भनेको हो।

थापाले गत असार अन्तिम साता चुनाव चिह्न ‘गाई’ माग्दै सर्वोच्च अदालतमा रिट हालेका थिए। रिटमाथि सुनुवाइ गर्दै त्यसबेला न्यायाधीश कुमार रेग्मीको इजलासले गाई नदिने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। 

तर, आयोगले गाई रोकेर गत भदौ ५ गते थापाको पार्टीलाई तिर चुनाव चिह्न दिएको थियो। त्यसविरुद्ध पनि थापा अदालत गएका थिए।

थापाको रिटबारे थप सुनुवाइ र दुवै पक्षसँग छलफलका लागि सर्वोच्चले आगामी भदौ १४ गते दुवै पक्षलाई झिकाएको छ। त्यस्तै यसअघि साउन ८ मा गाई चुनाव चिह्नबारे आएको अन्तरिम आदेशको प्रति पनि एकै ठाउँ राखेर सर्वोच्चले छलफल गर्ने भएको छ।

सर्वोच्चले उक्त रिटमाथि आइतवार सुनुवाइ गर्दै भनेको छ, '...२०७९/०५/०८ गते 'तिर' निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नू, नगराउनु भनी विपक्षीको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .