माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका आधा दर्जनबढी नेता बुधबार पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्।
कञ्चनपु्रको महेन्द्रनरमा बुधबार भएको कार्यक्रमबाट एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रमबहादुर शाही, पूर्वप्रदेशमन्त्री तारालामा तामाङ, निवर्तमान मन्त्री कुलवीर चौधरी, वेदकोट नगरपालिकाका निवर्तमान प्रमुख अशोक चन्दलगायतका नेताहरु एमालेमै फर्किए।
यसरी समाजवादी छाडेर एमाले फर्किने नेतामध्ये एक थिए सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरी।
उनी एमालेमा फर्किने सुइँको पाएपछि एकीकृत समाजवादीले मन्त्री पदबाट हटाएको थियो।
एमाले प्रवेश गर्दै कुलबीर, समाजवादीको निर्देशनमा राज्यमन्त्रीबाट हटाइयो
समाजवादीले पदमुक्त गर्न भनेपछि उनलाई सरकारबाट हटाइएको त्यहाँका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताए।
समाजवादीले मन्त्रीबाट हटाएलगत्तै उनी बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा सम्बोधन गर्ने जनसभामा सहभागी हुन पुगे।
जहाँ एकीकृत समाजवादी छाडेका उनलाई ओलीले खादा र मालासहित पार्टीमा स्वागत गरेका छन्।
२०७८ साउनमा एमाले छाडेका चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।
Shares
प्रतिक्रिया