ad ad

राजनीति


प्रदीप गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिँदै

प्रदीप गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ११:३०, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गरी ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै नेता गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन्। 

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलिको कार्यक्रम राखिएको उनले जानकारी दिए।

घाँटीको क्यान्सरबाट पीडित  गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल (ललितपुर) मा यही भदौ ४ गते निधन भएको थियो। भदौ ५ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका गिरि चारपटक सांसद बनेका थिए। उनी पछिल्लोपटक २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचन भएका थिए। अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनी समाजवादी चिन्तक थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .