मलेसिया सरकारले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत डिल्लीराज पौडेलको नाममा सहमति (एग्रिमो) पठाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुशार मलेसियाको विदेश मन्त्रालयले बिहीबार पौडेलको नाममा सहमति दिएको हो। अब राजदूतका रुपमा उनको चाँडै औपचारिक नियुक्त हुनेछ।
परराष्ट्र मन्त्रालयले जेठ दोश्रो साता पौडेललाई राजदूत प्रस्ताव गरिएको जानकारी गराउँदै मलेसियासँग सहमति मागेर पत्र लेखेको थियो।
मन्त्रिपरिषद् बैठकले गत चैत अन्तिम साता मलेसिया सहित २० देशका लागि राजदूत सिफारिस गरेको थियो।
मलेसियामा एक वर्षयता राजदूत पद रिक्त छ। उदयराज पाण्डे फर्केपछि उनको स्थानमा पौडेलको नियुक्ति भएको हो। मोती श्रीष अहिले त्यहाँ कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्।
42
Shares
प्रतिक्रिया