राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङबीच आज भर्चुअल कुराकानी हुँदैछ।
राष्ट्रिसभाका सचिव राजेन्द्र फुँयालका अनुसार शुक्रबार दिउँसो १ः४५ देखि तिमिल्सिना र वाङबीच कुराकानी शुरु हुनेछ।
तिमल्सिना र वाङ्बीच पहिलोपटक कुराकानी हुन लागेको हो।
पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्स चीनको महत्वपूर्ण निकाय हो।
जसले सरकारलाई सल्लाह दिने गर्छ। वाङ विगतमा चिनियाँ उपप्रधानमन्त्री भइसकेका छन्।
उनी सन् २०१७ अगस्टमा नेपाल भ्रमणमा आएका थिए।
उता चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष चान्सु यही भदौ २७ गतेदेखि तिनदिने नेपाल भ्रमणमा आउँदैछन्।
51
Shares
प्रतिक्रिया