ad ad

राजनीति


प्रतिनिधि सभा बैठकको शून्य समय : सिमानामा काँडेतार लगाउन माग

प्रतिनिधि सभा बैठकको शून्य समय : सिमानामा काँडेतार लगाउन माग

फाइल फोटाे


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १५:१२, काठमाडौँ

प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताइन्।

उनले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिनिधि सभा सदस्य मैनाकुमारी भण्डारीले नेपाली पुरुषसँग विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिने प्रावधान गलत भएको बताइन्। उनले सो प्रावधान लागू भएमा दश वर्षपछि नेपाली वंशज अल्पमतमा पर्ने र आफ्नै देशमा शरणार्थी हुने अवस्था आउने दाबी गरिन्।

प्रतिनिधि सभा सदस्य रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घरघरमा पैसा भएको भन्दै सम्पती शुद्धीकरण गरेर धेरै भएको सम्पती राज्यको कोषमा जम्मा गर्नुपर्ने बताइन्। उनले स्वास्थ्य, शिक्षा र वृद्धको जिम्मेवारी राज्यले लिनुपर्ने बताइन्। सांसद शाहीले आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारको सम्पती विवरण सार्वजनिक हुनुपर्ने बताइन्।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले त्रिभूवन विश्वविद्यालयको सम्बन्धमा नेपाल विद्यार्थी संघले जायज माग उठाएको बताए।

उनले त्रिविबाट प्रश्नपत्र बाहिरिने तथा दोहोरिने जस्ता समस्या हुने गरेको भन्दै यस सम्बन्धमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नेविसंघको माग रहेको उल्लेख गरे। 

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार– पाँचथरको रविराके १०१ किलोमिटर सडकखण्ड निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै छिटो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले शून्य समयमा बोलेका कुराहरुको सम्बोधन नभएको भन्दै शुन्य समयको औचित्य नरहेको बताए। उनले आफूले बोलेका कुरा पनि सम्बोधन नभएकाले आगामी दिनमा आफू शुन्य समयमा नबोल्ने जानकारी गराए।

प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले आतंकवादी हत्याराहरु, मानव तस्कर र सीमा अतिक्रमण रोक्न नेपाल– भारत सीमामा काँडेतार लगाउन माग गरिन्।

उनले नेपाल–भारत सिमामा काँडेतार लगाउन ४२ अर्ब रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै त्यति जुटाउन ठूलो कुरा नभएको तर्क गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .